शैक्षिक सुधारका लागी शिक्षकको कार्यविभाजन

विमला शर्मा
जाजरकोट १९ माघ
जाजरकोटका विद्यालयहरुमा विद्यालयको समग्र सुधारका लागी शिक्षकको कार्य विभाजन शुरु गरिएको छ । जिल्लाको दशेरा ८ वडावनको भाग्योदय माद्यामिक विद्यालयमा विद्यालयको विभिन्न शैक्षिक आर्थीक,भौतिक तथा वौद्धिक,लगिंक तथा शारीरिक विकासका लागी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको जिम्मेवारी तोकीएको छ ।
विद्यालयको चौतर्फी विकास लागी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी लाई जिम्मेवारी वोध गराउन यस्तो अभियानको शुरु गरिएको जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले वताए । शैक्षिक सुधार वर्ष २०७३ लाई सार्थक वनाउन तथा जिल्लाको शैक्षिक स्तर वृद्धी गर्न कार्य विभाजनले सहयोग परयाउने जिल्ला शिक्षा अधिकारी सिंहको विश्वास छ । यसले विद्यालय प्रतिको जिम्मेवारी वोध गराउनुको साथै विद्यालयको समग्र क्षेत्रको सुधारमा टेवा पुग्ने सिंहले वताए ।
विद्यालयले खानेपानी तथा सरसफाई , पिटी प्राथाना तथा पोशाक जाँच, अतिरिक्त क्रिर्याकलाप, परिक्षा मुल्याङकन तथा अनुगमन, चल अचल सम्पती भण्डारण तथा सुरक्षा , सुचना तथा सामाजिक सम्बन्ध विकास लगाएतका समिति वनाई विद्यालयको समग्र सुधारको काम भइरहेको दशेरा स्रोत केन्द्रका स्रोत ब्यक्ति कृष्ण वहादुर गिरिले जानकारी दिए । जिल्लाको शैक्षिक सुधारका लागी दशेरा स्रोत केन्द्रको भाग्योदय माद्यामिक विद्यालय वाट कार्य विभाजनको काम नमुनाको रुपमा शुरु गरेको स्रोत ब्यक्ति गिरिले वताए ।
विद्यालयका वनाइएका विभिन्न समितिहरु वाट काम गर्न निकै सजिलो भइरहेको विद्यालयका प्रधानध्यापक शाहीले वताए । “शिक्षक तथा कर्मचारी हरुवाट विद्यार्थीलाई पढाउनका अलवा विद्यालयको शैक्षिक सुधारका लागी कार्यहरु भइरहेका छन ,सवैले आफनो जिम्मेवारीको काम गर्नुहुन्छ ,यसले गर्दा विद्यालयको काममा सहजता भएको छ ” शाहीले भने । अहिले विद्यालयमा भएका ११ जना शिक्षक तथा कर्मचारीहरु आफनो जिम्मेवारी क्रियाशिल छन ।





error: Content is protected !!