जाजरकोटमा स्थानीय निर्वाचनको लागि १२ दल दर्ता

जाजरकोट, स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको लागी जाजरकोटमा १२ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय जाजरकोटमा दर्ता भएका छन् ।
निर्वाचन आयोगले सोमवार अर्थात माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन अनुसार जाजरकोटमा आज अन्तिम दिनसम्म १२ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, जाजरकोटका शतिस जंग शाहले भेरीखवरलाई जानकारी दिनुभयो ।
पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा
सरकारले स्थानीय तह निर्वाचन मिती घोषणाको तयारी गरिरहदा केन्द्रमा र सम्वन्धित जिल्लामा पार्टी दर्ता गराए मात्र स्थानिय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ ।










