खेलकुद प्रतियोगिता सम्पन्न

16406620_425212554536697_2045480376312553813_nजाजरकोट । वीरेन्द्र एश्वर्य उच्च मावि लिम्सा जाजरकोटको आयोजना भएको विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । माघ १३ गते देखी सुरु भएको विभिन्न खेलकुदहरु माघ १८ मा समापन गरिएको थियो ।

विद्याललये शिक्षकहरुको वीचमा गराएको भलिवल प्रतियोगितामा सरस्वती मावि नायकवाडा प्रथम,दिपेन्द्र मावि सक्ला दोस्रो र कालिका आर्दश मावि रामीडाडा तेस्रो भएको आयोजकले वताएको छ । विजय टिमलाई जनही रु १२ हजार ,१० हजार र ८ हजार रुपैया प्रदान गरिएको थियो । विद्यार्थीहरुको भलिवलमा उच्च मावि लिम्सा प्रथम, दिपेन्द्र मावि सक्ला दोस्रो र कालिका आर्दश मावि रामीडाडा तेस्रो भएको स्थानीय पत्रकार कालीप्रसाद थापाले जानकारी दिनुभयो ।

त्यस्तै वेडमेन्टन तर्फ ईलाका प्रहरी कार्यालय वारेकोटका जगतवहादुर रावल प्रथम , सोवास डिसी दोस्रो र गिरीराज पुन तेस्रो भएको थापाले वताउनुभयो ।





error: Content is protected !!