वजेट भाषणमा प्रत्येक वर्ष डोल्पाको दुनैमा पुग्छ सडक ?

हेमन्त के सी
जाजरकोट । भौगलिक भु वनोटको वारेमा यर्थाथ जानकारी नलिएरै वर्षेनी सडक विकास गर्ने भनी लिईने योजना कागजमै सिमित हुँने गरेका छन् । २०४६ सालको राजनीतिक परिवर्तन पछि सवै जिल्लाका सदरमुकाममा सडक सञ्जाल पुर्याउने भनी सरकारले लक्ष्य राखेपनि भु वनोटको यर्थाथ जानकारी नभएरै हचुवाका भरमा छुट्याईने वजेटले सडक निर्माणको लक्ष्य पुरा नहुँने गरेको सरोकारवालाहरु वताउँछन् ।
सहि र यर्थाथ भु वनोटको विषयमा प्राविधिक ज्ञानको कमीकै कारण कर्णाली अञ्चलको डोल्पामा अहिले सम्मा सडक सञ्जालले जोड्न सकेको छैन् । सडक निर्माणका लागी प्रयोग हुँने कच्चा पर्दाथ र विस्फोटक पदार्थ ढुवानीको समस्यका कारण सडक निर्माणमा वाधा पुग्दै आएको छ । निर्माण भएको सडकको वीचमा पर्ने नदि ,खोलामा पुल निर्माणकै सुरसार नहुँदा सडक निर्माणमा वाधा पुग्दै आएको छ । सडक निर्माणका लागी हवाई र खच्चडद्धारा लिईने आवश्यक वस्तुहरु ढुवानीमा समेत निकै चुनौति भएको सडक निर्माण कार्यदल प्रमूख विश्ववन्धु पहाडीले वताए । कडा रडका कारण सडक निर्माणमा ठुलो धनराशी खर्च हुँुनुको साथै काममा गती आउन सकेको छैन् । एक किलोमिटर चट्टान फोर्न एक वर्ष लाग्ने गरेको छ ।
निकै भौगलिक विकटताका कारण सडक सोचेको गतीमा खटान हुँन सकेको छैन । प्रत्येक वर्ष सरकारले डोल्पाको सदरमुकाम दुनैमा सडक पुर्याउने लक्ष्य राखेर वजेट सावजानिक गर्दा भन्ने गर्छ तर भु वनोटको सहि मुल्यांकन नगर्दा वर्षेनी स्थानीयहरु घोडेटो वाटोमा हिड्ने गर्दछन् । सेनाले १ सय १७ किलोमिटरमा १ सय ७ किलोमिटर सडकको विभिन्न ठाउँमा ट्याक औपन गरेर यातायातका साधनहरु फाटफुट सञ्चालनमा ल्याएपनि विचमा पुलहरु निर्माण नहुँदा सास्ती वढी रहेको डोल्पा लिकुका धनवहादुर सिंहले वताए । जाजरकोट सदरमुकामवाट २०६१ सालमा सेनाले सडक निर्माण गर्न थालेको थियो । १३ वर्ष सम्मा डोल्पाको सिमाना सम्मा मात्र सडकको ट्याक औपन भएको छ ।
यातायातका साधनहरु चलाउन अनुमती नभएको सडकमा केही सुविधाका लागी भन्दै जवरजस्त जोखिम मोलेर स्थानीयहरु यातायातको सुविधा लिएका छन् ।
भुगोल नै नवुझी सडक निर्माण कार्य अगाडी वढाउने र आवश्यक जनशक्ति सगै स्रोत सामग्रीको आपुर्तीमा चुनौति हुनु डोल्पा सडक छिटो नपुग्नुका मुख्य कारण भएको विश्लेशन गर्न थालिएको छ । खच्चड र मानिसले चट्टान फोर्ने वस्तुहरु वोक्दा कसरी सडक निर्माणले गति लिन सक्छ ? स्थानीयको प्रश्न छ । प्रत्येक वर्ष यो सडक देशका नीति निर्माणमा वस्नेहरुले हवाई अनुगमण गरेको पाईएको छ ।
भु वनोट नै नवुझी प्रत्येक वर्ष यातायात पुग्छ भनी उधारो भाषण गर्दा सरकारले अव झुटको खेती नगर्न प्राविधिक कुरा वुझेर मात्र सत्य कुरा जनता सामु भन्न स्थानीयहरु आग्रह गरेका छन् । अहिले सेनाले जाजरकोटवाट डोल्पाको लागी वाटो निर्माण गर्न थालेको झण्डै १३ वर्ष भयो । सरकारले दुनैमा सडक पुर्याउने भनेर घोषणा गर्न थालेको तीन दर्शक भन्दा वढी भयो । यो सडकमा काम गर्न निकै जोखिम भएको निर्माणमा संलग्न मजदुरहरु वताउँछन् । कडा रड मात्र भएका कारण एक किलोमिटर सडक खन्न एक वर्ष लाग्ने गर्छ । आवश्यक स्रोत सामग्रीको प्रयोग गर्न समेत यहाँ निकै ठुलो चुनौति छ । वर्षायाममा माथी वाट ढुगा आउँने समस्य हिउद् याममा चिसोको समस्यले गर्दा काममा सक्रिय भएर लाग्न मजदुर नै नसक्ने अवस्था छ । सेनाको हातमा यो सडक निर्माणको जिम्म परेपछि मात्र सडक निर्माणले गति लिएको स्थानीयहरु वताउछन् । डोल्पा जिल्ला विकासको परिषद्ले समेत सवै सडक निर्माणको जिम्म सेनालाई दिनुपर्ने भनी निर्णय नै गरेको छ । समयमा वजेट निकासा नहुँदा पनि कामको गतीमा अवरोध हुँने गरेको छ । आवश्यक वजेटको व्यवस्था गरि सवै ठाउँवाट एकै साथ सडक निर्माण कार्य अगाडी वढाएमा मात्र दुनै सम्मा तोकिएकै समयमा सडक पुग्ने देखिन्छ । यहाँ काम गर्ने मजदुरहरु राज्यले आफुहरुको विमा गर्नुपर्ने समेत वताउदै आएका छन् ।
यातायात गुडेकै ठाउँमा छैन पुल
यस सडक खण्डको दुई दर्जन ठाउँमा साना ठुला पुलहरु निर्माण गर्नुपर्ने काम पुरै वाँकी रहेको छ । चिसापानी,नलसिंह गाड, खोलेखेत,मैदेखोला,त्रात्रखोला, ताँसुगाड, तल्लु ,त्रिपुराकोट लगाएत गरि दुई दर्जन पुलहरु निर्माण हुँन वाँकी छ । निर्माण भएको खच्ची सडकमा प्रत्येक वर्ष भत्किएका कारण यातायातका साधनहरु सहज रुपमा सञ्चालन गर्न मुस्किल छ । यो क्षेत्रमा रहेका झुलुगेपुलहरु समेत पुराना भएका कारण जिर्ण वनेका छन् ।










