वन रक्षक शाहीको निर्ममतापुर्वक हत्या यसरी भएछ हत्यारालाइ कारवाही गर्न आफन्तको माग

जाजरकोट पुस १९ । खोक्लिङस्थित इलाका वन कार्यालयमा कार्यरत वन रक्षक गणेश शाहीको आइतबार हत्या गरिएको छ । जाजरकोट, दसेरा ८ घर भएका उनको खोक्लिङ ८ मा खुकुरी प्रहार गरी हत्या भएको हो ।
जिल्ला प्रहरीका डीएसपी रामबहादुर केसीका अनुसार खोक्लिङ ८ दुरिङ घर भएका सबिन लिम्बूले हत्या गरेको खुलेको छ । उनलाई प्रहरीले आइतबार साँझ सदरमुकाम फुङलिङबाट पक्राउ गरेको छ । उनले वन रक्षक शाहीलाई स्थानीय विष्णुलाल पन्तको घरबाट डेढरदुई सय मिटर दूरीसम्म खेदाएर हत्या गरेको प्रहरीले जनायो ।
घटनास्थलमा रहेका एक स्थानीयका अनुसार शाहीको हात छियाछिया हुने गरी काटिएको छ । टाउको र शरीर छुट्टिएको छ । टाउको करिब दुई किलोमिटर तल खोल्सामा भेटिएको थियो । सामुदायिक वनसँगको छलफल तथा सीमांकन विवाद मिलाउन शाही र सामुदायिक वनका पदाधिकारी पन्तको घरमा भेला भएका थिए । सविनको निजी जग्गा हाङगोडे तेस्रेकाली सामुदायीक वनमा परेको विषयमा दिनभर पनि छलफल भएको थियो । आइतबार विवाद टुंग्याउने गरी शाही बेलुका खोक्लिङ डाँडागाउँस्थित निवास फर्किएका थिए । उनी प्रहरी चौकी छेउमा रहेको इलाका वन कार्यालयमा बस्दै आएका थिए । यहाँ तीन जना कर्मचारी कार्यरत रहेपनि दुई जना पापुङ क्षेत्रको फिल्डमा गएकाले विवाद मिलाउन एक्लै गएका थिए ।
डीएसपी केसीका अनुसार आइतबार बिहान छलफल सुरु भएपछि लिम्बूले अर्काले बोकेको खुकुरी थुतेर हान्न खोजेपछि शाही भागेका थिए । उनी भागेपछि लिम्बू खेददै गएका थिए । एकरडेढ सय मिटर तल पुग्दा शाही अलैंची बगानमा लडेका थिए । लिम्बूले त्यही खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।
जाजरकोट दशेरा स्थित मृतक शाहीका आफन्तजनले हत्यारालाइ कानून बमोजिम तत्काल कारवाही गरिनुपर्ने माग गरेका छन् । मंगरवार जिल्ला प्रशाषण कार्यालय मार्फत जाजरकोटका सम्पुर्ण कर्मचारीले सहिद घोषणाको माग गदै प्रधामन्त्री कार्यालयमा ज्ञापन पत्र वुझाउने कार्यक्रम रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मानवहादुर गिरीले वताउनुभयो ।
ई-खबर अनलाइन










