सदरमुकाममा बस्दै आएका गाविस सचिव गाउँमा पुग्दा खुसियाली, स्वागत गर्न कार्यक्रम

vdc-2२३ मंसिर, रुकुम । रुकुमको एक गाविसका बासिन्दाहहरुले गाविस सचिव गाउँमा आइपुगद खुसियाली मनाएका छन् ।

सरकारले गाउँ विकास समितिका सचिवहरुलाई गाउँमै बस्न बेलाबेलामा निर्देशन गरे पनि गाविस सचिवहरु विभिन्न बहानामा सदरमुकाममै बस्ने गरेको छन् ।

५ महिनापछि रुकुमको पश्चिमी क्षेत्र खोला गाउँमा गाविस सचिव गाउँमा पुगेपछि खुसियाली छाएको हो । स्थानीयले औपचारिक कार्यक्रमको आयोजना गरे र स्वागत मात्र गरेनन् आगामी दिनमा यस्तो नगर्न समेत अनुरोध गरे ।

तत्कालीन गाविस सचिव मानबहादुर खत्री सरुवा भएको ५ महिनापछि मात्र खोलागाउँमा गाविस सचिवको रुपमा गोविन्द बुढाथोकी पुगेको स्थानीय डिल्ली खत्रीले जानकारी दिए । बुढाथोकीले ५ महिनासम्म सदरमुकाममै बसेर काम गर्ने गरेका थिए ।





error: Content is protected !!