‘ए मेरो हजुर २’मा साम्राज्ञी राज्यलक्ष्मी बाेल्ड अवतार (हेर्नुहाेस् तस्बिर)

काठमाडौं : भुवन केसीको ‘ड्रिम्स’ चलचित्रबाट डेब्यु गरेकी साम्राज्ञ राज्यलक्ष्मी ए मेरो हजुर २ मा सेक्सी अवतारमा प्रकट भएकी छन् । ‘ड्रिम्स’ मा अनमोल केसीसँग केमेस्ट्रीमा जमेकी साम्राज्ञ झरना थापाले निर्देशन गरेको ए मेरो हजुर २ मा सेक्सी अवतारमा प्रकट भएकी हुन् । ए मेरो हजुर २ लाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

ए मेरो हजुर २ मा रहेको एउटा गीत मनाङको तिलिचो तालको वरिपरि खिचिएको छ । जसमा साम्राज्ञ र नायक सलिनमान बानियाँ गज्जबको केमेस्ट्री देख्न सकिन्छ । सो गीतको तस्बिरमा साम्राज्ञ निकै खुलेकी छन् । ‘ड्रिम्स’ मा साम्राज्ञको यस्तो रूप दर्शकले देखेका थिएनन् ।

एस.के. थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर २’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण कम्पनीले दिएको जानकारी अनुसार चैत्र १८ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

‘ए मेरो हजुर २’ नाम राखिएपनि यो चलचित्र अघिल्लो चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल नभएको निर्माणपक्षले स्पष्ट पारेको छ । सांगीतिक लभ स्टोरी यो चलचित्रलाई नेपालसँगै विश्वभरका विभिन्न स्थानमा प्रदर्शन गर्ने योजना निर्माणपक्षको छ ।

a-mero-hajur-2-1-1

a-mero-hajur-2-2

a-mero-hajur-2-3

a-mero-hajur-2-4

a-mero-hajur-2-5

a-mero-hajur-2-6

a-mero-hajur-2-7





error: Content is protected !!