अनुराधाको बोलीले संसदमा हंगामा, आज पनि अवरुद्ध

 काठमाडौं । संविधान संसोधन प्रस्तावको विरोध गर्दै प्रतिपक्षी दल एमाले सहितका केही दलले गरिरहेको विरोधका कारण लगातार तेश्रो दिन पनि संसदमा चर्का चर्की र अवरुद्धको क्रमले निरन्तरता पाएको छ ।

अघिल्ला २ बैठक जस्तै आइतबार पनि संसदमा बोल्ने सांसदको बोलीले हंगामा गर्‍यो । विपक्षी दलको तर्फबाट भनाई राख्ने क्रममा नेमकिपा सांसद अनुराधा थापा मगरले नेपालमा भारतीय हस्तक्षेप बढेको र त्यसै अनुसार दुई राप्रपा एकीकरण भएको र एमाले फुटाउनका लागि पनि भारत सक्रिय रहेको भनेपछि राप्रपाका सांसदहरुले उठेर नियमापत्ति गरे ।

anuradha thapa

सांसद थापाको अभिव्यक्तिप्रति राप्रपाका सांसदहरुले नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले त्यो शब्द रेकर्डबाट हटाउन आदेश दिएकी छिन् । संसोधन प्रस्ताव दर्ता भएपछि यस अघिका २ बैठकमा पनि सांसदहरुले बोलेका कुराले हंगामा भएका थिए ।

पहिलो दिन बामदेव गौतमले अपमान गरेको भन्दै कांग्रेसका रामहरि खतिवडाले आपत्ति जनाएका थिए भने शुक्रबार सीपी मैनालीले प्रधानमन्त्रीलाई बौलाहा कुकुरले टोकेको भनेपछि हंगामा भएको थियो । एमालेका सांसद उठेर अवरोध जनाएपछि संसद बैठक बुधबार सम्मका लागि स्थगित भएको छ ।

nepaliheadlines





error: Content is protected !!