प्रधानमन्त्रीको देखिएको सम्पत्ति र वास्तविक सम्पत्ति, किन लुकाए धन ?

prachand-lead-gettyimages-94853407काठमाडौं ३० मंसीर ।  बुधवार प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विबरण सार्वजनिक भयो । प्रधानमन्त्री प्रचण्डको सम्पत्तिः तीन तोला सुन र एक कट्ठा जमिन । त्यो पनि श्रीमतिका नाममा । नौ बर्षअघि पार्टीमा बुझाएको सम्पत्ति विबरणमा पनि त्यही उल्लेख थियो । बिबरण हेर्दा प्रधानमन्त्रीसँग नगद छैन । तर, उनी अहिले पनि आफ्नो बस्ने घरको भाडा मासिक १ लाख ३० हजार तिरिरहेका छन् ।

सरकारले निवास दिएपनि उनले लाजिमपाटमा रहेको महल छाडेका छैनन । स्रोतका अनुसार प्रधानमन्त्रीलाई सरकारले दिने खर्च वाहेक पनि उनको थप खर्च घरभाडासहित करिव २ लाख छ । त्यो खर्च कहाँबाट ब्यवस्थापन हुन्छ ? त्यसको स्रोत पनि देखाइएको छैन । आफन्त, छोरा, छोरीका नाममा रहेका सम्पत्ति बिबरण पनि देखाइएको छैन ।

अहिले प्रचण्ड बस्दै आएको घरमा उनले मासिक एक लाख तीन हजार तिर्दै आएका छन् । एमाओवादी शान्तिप्रक्रियामा आएपछि अध्यक्ष प्रचण्ड नयाँबजारमा एक घर भाडामा लिएर बसेका थिए । आखिर प्रचण्डले सर्वहारा नेता बन्न सम्पत्ति किन लुकाए ? जानकारहरुका अनुसार जनताको मनोविज्ञान जितेर सर्वहाराको साहानुभूति बटुल्न उनले सम्पत्ति लुकाएका छन् ।

पूर्व प्रधानमन्त्री स्वर्गीय शुलील कोइरालाले मोवाईल समेत सार्वजनिक गरेका थिए । प्रचण्डले मोवाईलको बारेमा जानकारी समेत दिएनन । उनको नाममा कुनै बैंक खाता छ या छैन ? त्यो पनि सम्पत्ति बिबरणमा उल्ल्ेख छैन । बैंक खाता नहुनु प्रधानमन्त्रीका लासगि झन लाजमर्दो भएको एक अर्थसविद्ले टिप्पणी गरे । बैक खाता छ भने किन लुकाए ? त्यो अर्को रहस्यको विषय भएको उनको भनाई छ । पूर्व मुख्यसचिव विमल कोइराला जनतालाई एउटा कुरा देखाउने भित्र अर्कै लुकाउने नेताहरु ढोंगी प्रवृतिका रहेको टिप्पणी गर्छन ।

‘विश्वका अरु देशका प्रधानमन्त्री नेतासमेत समृद्ध बनिरहेका देखाउन चाहिरेका छन् नेपालका नेता त्यसको विपरित बाटोमा छन’् एक अर्थविद्को टिप्पणी छ ‘आफै कंगाल नेताले देश कसरी उभो लगाउनलान ? ’





error: Content is protected !!