देउवा र ओली भेट, छलफल सकारात्मक

काठमाडौं २७, मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।

एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा आईतबार अपरान्ह भएको छलफलमा संविधान संशोधन र स्थानीय चुनावबारे कुराकानी भएको कांग्रेस सभापति देउवाले जानकारी दिए ।

Oli Deuwa different mission

बैठकपछि उनले छलफल सकारात्मक भएको र थप छलफल आवश्यक भएको जानकारी दिए ।

यसैगरी, एमालेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङले पनि छलफल सौहार्दपूर्ण रहेको भन्दै राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा तीन ठूला दलको बैठक फेरि बस्ने बताए ।

सरकारले संसदमा संबिधान संसोधन बिद्ययेक दर्ता गरेपछि एमालेले निरन्तर सदनको कामकारवाही अबरुद्ध गर्दे आएको छ ।





error: Content is protected !!