टावरमा खरावीका कारणले दुई हप्ता देखी हैरान

जाजरकोट, मंसिर २६ । यहाँका पुर्वी र उत्तर पुर्वी क्षेत्रका अधिकांश गाविसका स्थानीयहरु टेलिफोन सेवावाट वन्चित भएका छन् ।
रुकुमको घेत्मा र सल्लाभीरमा रहेको नमस्ते प्राविधीको टावरमा खरावी आएपछि दुई हप्ता देखी यहाँका स्थानीयहरु सञ्चार सेवावाट वन्चित भएका हुँन् ।
जिल्लाका रग्दा,खगेनकोट,लहँ,डाडागाउँ,सक्ला,आठविसकोट,आठविसडाडागाउँ,खदी,गोतामकोट लगाएका गाविसमा घेत्माको टावर खरावीले समस्य भएको छ । त्यस्तै पश्चिममा रहेको सल्लाभीरको टावरमा समस्य आएपछि आधा दर्जन गाविसका स्थानीय हैरान भएको प्रेमकार्कीले वताउनुभयो । दुई हप्ता वितिसक्दा पनि सम्वन्धित निकायवाट मर्मत वार चाँसो नदिँदा स्थानीयहरु समस्य परेका छन् ।
यत्ता नेपाल टेलिकम जाजरकोटले भने केही दिन पछि प्राविधिक आएर टावरमा आएको खरावी पत्ता लगाउँने त्यसपछि मात्र मर्मत हुँने जानकारी दिएको छ । ग्रामीण क्षेत्रमा टावरहरु घाम लागेपछि मात्र सञ्चालन हुँने गरेका छन् ।










