नयाँ पार्टी बनाउदा रिसले जुत्ता हानेः हिसिला यमी

२४ मंसिर, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएपछि भट्टराई पत्नी हिसिला यमीले नयाँ पार्टी निर्माणको क्रममा रिस गरेर जुत्ता प्रहार गरेको प्रतिक्रिया दिएकी छिन् ।

नेपाली हेडलाइन्सँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेकी नेतृ यमीले भनिन, “हामी नयाँ पार्टी निर्माणमा जुटेका छौं, यहाँ पनि रिस गर्ने धेरै छन्, कसैलाई चित्त नबुझेर जुत्ता हानिएको हुन सक्छ ।”

baburam hisila at hall

फाइल तस्विर

नेताहरुमाथि जुत्ता हाल्ने काम राम्रो नभएको बताउदै उनले थपिन, “वैचारिक रुपमा बहस गर्नुपर्ने मुर्खता देखाएर हुँदैन ।

यमीले नयाँ शक्ति पार्टीको पक्षमा देशव्यापी रुपमा महोल र उत्साह बन्दै गएको बताउदै भर्खर बनाएको पार्टी नराम्रो होस भन्ने पनि धेरै रहेको दावी समेत गरिन् । उनले भनिन,‘पोखराको कार्यक्रममा ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए, कतिलाई यो नयाँ शक्ति अगाडि बढेको मन नपरेको पनि हुन सक्छ ।’

यद्यपी आक्रमणबारे आफूले अनलाइनबाट मात्र थाहा पाएको भन्दै हिसिलाले बाबुरामलाई भएको अपमानबारे धेरै बोल्न चाहिनन् ।





error: Content is protected !!