जयललिता कसरी बनिन राजनितीकी ‘अम्मा’ उनको ‍ जिवनको नालिबेली [भिडियो सहित ]

सुर्खेत, २३ मंसीर । सन १९४८ फ्रेबुअरी २४ मा जन्मिएकी  जयाललिता पहिला नतर्कीको रुपमा आफूलाई स्थापित गर्न सफल भएकी थिइन । उनले राजनीतिमा प्रवेश गर्नु भन्दा पहिला भारतीय रंगमञ्चमा १ सय ४० भन्दा बढी फिल्ममा पनि अभिनय गरिकी थिइन । सन १९६० मा उनले आफ्नो पहिलो नृत्य प्रस्तुत गरिन् ।

जयललिताले हिन्दी, अंग्रजी, तेलगु, मलयाली, तमिल जस्ता फिल्ममा पनि काम गरेकी थिइन । उनले काम गरेका १०० भन्दा बढी फिल्मले भारतमा तहल्का मच्चाइसकेका थिए । उनले फिल्मबाट थुप्रै अवार्ड समेत जितेकी थिइन ।

सन १९८२ माअम्माले एमजी रामचन्द्रको साथमा राजनीतिको सुरुवात गरेकी थिइन । त्यसको एक वर्षमा नै उनलाई पार्टीको प्रोपोगाडा सचिवमा नियुक्त गरियो ।त्यसपछि उनले राजसभाको चुनाव र विधानसभाको उपचुनाव जितेर विधानसभाकी सदस्य भइनन । उनै रामचन्द्रसंग भएको तनावका कारण उनलाई पार्टिको उपनेताबाट हटार्इयो । सन १९८७ मा रामचन्द्रको निधन भएपछि उनलाई उत्तराधिकारीमा नियुक्त गरियो । उनको पार्टीले सन १९८९ मा विधानसभामा २७ सिट जितेपछि अम्मापहिलो प्रतिपक्षी पार्टीको नेता बन्न पुगिन ।

सन १९९१ मा उनले राजीव गान्धीको हत्यापछि कांग्रेसंग मिलेर चुनाव लडिन र उनी उक्त राज्यको सबैभन्दा कम उमेरमा मुख्यमन्त्री बनिन ।सन १९९६ मा उनको पार्टीले नराम्रोसंग हार ब्यहोर्नुपर्योब र उनले पनि चुनाव हारिन । त्यसपछि उनलाई भ्रष्टाचारको आरोपमा जेल गइन । सजाय भुक्तान गरिसकेपछि उनले सन २००१ मा चुनाव जित्तै मुख्यमन्त्रीको पदमा विरासित भइन । सन् २००४ मा चुनाव हारेकी अम्मा सन् २०११ मा फेरि मुख्यमन्त्री बनिन् ।उनी त्यसपछि लगातार हाल सम्म मुख्यमन्त्रीको पदमा विरासित थिइन ।

चलचित्र क्षेत्र र राजनितिमा महत्वपूर्ण योगदान पुर्यायएकी जयाललिताको निधनले हामी सबैलार्इ स्तब्ध बनाएको छ । उनको मृत आत्मको चिरशान्तिको कामना गर्दै भेरीखबर परिवार हार्दिक श्रन्दाञ्जली व्यक्त गर्दछ ।
यो सामाग्री हामीले र्इन्डिया टुडेको सहयोगबाट तयार पारेका हौँ ।





error: Content is protected !!