बेलायतमा ‘बिनायो’को भव्य प्रर्दशन

विना राई
nepali-film-uk-4-768x512बेलायत स् किराती मिथकमा आधारित ऐतिहासिक एंव सांस्कृतिक चलचित्र ‘बिनायो’को बेलायतमा भव्य प्रर्दशन गरिएको छ । किराती सभ्यता र इतिहासप्रति बोध गराउने यो चलचित्र हेर्न सैंयौ बेलायतबासी किराती र गैरकिराती समुदाय बेलायतको अल्डरसट स्थित इम्पाएर हलमा उपस्थित थिए ।

किरात राईहरुको साझा संगठन किरात राई यायोक्खा र किरात राई सांस्कृतिक कलाकार संघ बेलायतको आयोजनमा २० अगस्टमा भएको प्रर्दशनमा निर्माता एंव गायक जितेन राई पनि उपस्थित थिए । किराती समुदायहरुका अगुवाहरुको उपस्थिति रहेको कार्यक्रममा गीतकार हेमकुमार राई, मुकेश राई पनि कार्यक्रममा उपस्थिति भए ।

किराती मिथकमा उल्लेख भएका र किराती जिब्रोमा झुण्डिएका किरात आदिम कालका तयामा–खियामा, खचिलिप्पाको जीवन कथालाई दृश्यमा प्रस्तुत गर्दै किराती ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई चलचित्रमा उजागार गरिएको निर्देशक रोशन राईले बताए । जितेन राईको निर्माण तथा रोशन राईको निर्देशनमा रहेको ‘बिनायो’ हेरिसकेपछि दर्शकहरुले आफुलाई पनि आफ्नै गाउँ फर्किएर भिरपाखा, बनजंगल चाहार्न मन लागेको बताए ।

जितेन राईकै कथा, परिकल्पना, शब्द, संगीत रहेको चलचित्रमा जितेन राई र जानुका राईको स्वर रहेको छ । ‘बिनायो’ मा सन्ध्या साम्पाङ, एलिसा साम्पाङ, कपिल राई, पुषान किरात, ईसान राई, बिशाल राई, सम्झना राईलगायतको अभिनय देख्न सकिन्छ ।





error: Content is protected !!