नेपालका बाढीपीडितकाे लागि बेलायतमा सहयोग अभियान

uk-abhiyanकाठमाडौँ – नेपालको बिभिन्न क्षेत्रमा बाढिपहिरोबाट प्रभाबित क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोगको गर्ने उदेश्यले बेलायतमा एक दिने योगा शिविर सम्पन्न भएको छ ।

नंया शक्ति पार्टी नेपालको भातृ संगठन अन्तराष्ट्रिय नेपाली समाज युकेको आयोजनामा गुरु ड़ा। बिकासनन्द र रेकी मास्टर कमलेश्वरिबाट मनोक्रान्ति एक दिने प्रबचन तथा योग ध्यान कार्यक्रम सञ्चालन भएको हो ।

सो अभियानबाट दुइ हजार तीस पौण्ड संकलन भएको अन्तराष्ट्रिय नेपाल समाज युके संयोजक भोला खनालले जानकारी दिए । समाजका संयोजक खनाले समृद्ध समिती नेपाल बनाउने परिकल्पना गर्दै बिभिन्न परोपकारी काम गर्दै आएको बताएको थिए ।

कार्यक्रममा अन्तरास्ट्रिय नेपाली समाज युकेका संयोजक भोला खनालको सभापतित्वमा प्रमुख अतिथि नेपाली दूतावास लण्डनका कार्यबाहक राजदूत शरदराज आरन , नेपाली दूतावास लण्डनका एटाची, नेपाल टुरिजम् बोर्डको अध्यक्ष पशुपति भण्डारी । पूर्व पत्रकार महासंघका बेलायतका अध्यक्ष चिरन शर्मा, विशन गुरुङ, लगायतको कार्यत्रममा उपस्थिती रहोको थियो ।





error: Content is protected !!