यूकेको सिने वल्डमा नेपाली ‘गाजलु’

विना राई
uk-nepali-4लन्डन स् बेलायतको चर्चित सिने वल्डमा नेपाली चलचित्र गाजलुको प्रर्दशन गरिएको छ । लन्डन मुख्यालय रहेको सिने वल्ड युरोपमा दोश्रो ठूलो सिनेमा अपरेटर हो ।

इन्टरनेशनल नेपाली फिल्म एकेडेमी र इन्टेक १९८५ को आयोजना आइतबार भएको ‘गाजलु’ प्रदर्शनमा सैयौंका संख्या नेपाली समुदायका सर्वसाधरण तथा अगुवाहरुको उपस्थीतिथियो । प्रर्दशनीमा चलचित्र गाजलुको नायिका पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ परिवारसहित उपस्थित थिइन् । युरोपमा दोश्रो ठूलो सिनेमा अपरेटर गरिएको यो प्रर्दशनी सधैं भन्दा विशिष्ट र फरक थियो ।

हेमराज बीसीको निर्देशन रहेको यस चलचित्रको संगीत कालीप्रसाद बासकोटा र हर्कुलस बस्नेतले दिएका छन् । चलचित्रमा अनमोल केसी, गौरव पहारी, सलोन बस्नेत, सृष्टि श्रेष्ठ, मेनका प्रधान, गौरी मल्ल आदिको अभिनय छ । फिल्म प्रदर्शनमा स्थानीय मेयरेस् र बेलायतस्थित नेपाली चलचित्रकर्मीको उत्साहजनक उपस्थिति थियो । अल्डरसटको विशेषप्रिमियरपछि यही अगष्ट २६, २७ र २८ मा यूकेका १० वटा सिने वल्र्ड हलमा ‘गाजलु’ देखाउने योजना रहेको छ ।

सृष्टिको उपस्थिीतिले प्रर्दशनीलाई विशेष बनाएको थियो । युवापुस्ताद्वारा रुचाइएका नायक अनमोल केसी अभिनीत चौथो चलचित्र हो ‘गाजलु’ । केसीले २०१२ की मिस नेपाल श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेका छन् । चलचित्रमा अनमोलले उनको पहिलो सुपरहिट चलचित्र ‘होस्टल’का दुई नायक गौरव पहारी र सलोन बस्नेतको पनि साथ पाएका छन् । निर्देशक हेमराज बीसीले यसपटक पर्दामा जीवित देवी कुमारीलाई मुख्य विषय बनाएका छन् ।

एकपटक कुमारी भैसकेकी युवतीसँग विवाह गर्ने पुरुषको अकालमा मृत्यु हुन्छ भन्ने पुरानो कथनलाई आधार बनाएर निर्देशक बीसीले यो चलचित्र तयार पारेका हुन् । चलचित्रमा सृष्टि श्रेष्ठ कुमारी भैसकेकी युवतीको भूमिकामा छिन् । उनको प्रेम अनमोलसँग हुन्छ ।





error: Content is protected !!