जनताले स्वास्थ्यमा परिवर्तन महशुस गर्न सकेनन् – स्वास्थ्य मन्त्री थापा

gaganनयाँ संविधान जारी भएको एक वर्ष पुरा भइसक्यो । तर जनताले परिवर्तनको महशुस गर्न सकेका छैनन् । संविधानमा गुणस्तरिय स्वास्थ्य सेवालाई जनताको मौलिक हकका रुपमा लेखिएको छ । संविधानमा लेखिएको सो निर्जिव अक्षरलाई हामीले जिवन्त बनाउने हो ।

स्वास्थ्य प्रणालीमा हिजोको दिनमा जसरी काम गरिएको थियो त्यसरी काम गर्दा परिवर्तन हुन सक्दैन । र यही कारण परिवर्तन पनि हुन नसकेको हो । संविधानमा लेखिएका कुरालाई जनताले महशुस हुने गरी काम गर्न पहिला हामी मानसिक रुपमा तयार हुनुपर्छ । त्यसका लागि हामी तयार छौं कि छैनौं रु संविधान बाहेक पनि हामीले धेरै अन्तराष्ट्रिय प्रतिबद्धताहरु गरेका छौं । यी सबै प्रतिबद्धता हामीले जिम्मेवारीका साथ पुरा गर्नुपर्नेछ । हामीले संविधान मै आधारभूत स्वास्थ्य सेवा, गूणस्तरिय स्वास्थ्य सेवा र निःशुल्क स्वास्थ्य सेवा लेखेका छौं ।

आधारभूत, गूणस्तरिय र निःशुल्क भनेको के हो रु यसमा गहन छलफल हुनु जरुरी छ । स्वास्थ्य सेवा निःशुल्क भनिएको छ । तर त्यो जनताको करबाटै आएको पैसाले निःशुल्क भएको हो । केवल सेवा लिँदा गोजिबाट नतिरेको मात्र हो । हामीसँग भएको यही स्रोत साधनले के हामी सबै प्रतिबद्धता पुरा गर्न सक्छौं । हामीसँग स्रोत नै नभएको हो वा त्यसको प्रयोग हुन नसकेको हो रु हामीले भएका स्रोत साधानको प्रयोग गर्न नसक्दा परिवर्तन हुन नसकेको मेरो ठम्याइछ । स्वास्थ्य सुधारका लागि धेरै छलफल भएका छन् । तर प्रगती हुन सकेन । मैले गर्नु पर्ने काम के के हो रु म फाइल बोकेर कुद्न तयार छु । तपाईहरु ९मन्त्रालयका अधिकारी० पनि आफ्नो काम गर्न तयार हुनुहोस् ।

काम गर्न हामीसँग  समयको लक्जरी छैन । मैले बुझ्नु पर्ने सबै बुझिसकें । अब मैले परिणाममुखी काम गर्नुपर्ने छ । हामीले काम गर्ने तरिकामा थोरै पनि परिवर्तन गर्न सक्यौं भने फरक ढंगको परिणाम आउँछ । आज के गर्ने रु भोली के गर्ने रु एक महिनापछि के गर्ने रु कार्ययोजना बनाएर काम गरौं ।  मैले सबै कुरा बुझिसकेको छु । अब यो भएन, त्यो भएन भनेर कोही कर्मचारीले पनि छुटकारा पाउँदैन ।   धेरै स्वास्थ्य संस्था दर्ता नभई सञ्चालनमा आएका छन् । ति संस्था कसरी सञ्चालनमा आए रु अब हामीसँग जनशक्ति भएन भनेर छुटकारा पाइदैन ।

सबै स्वास्थ्य संस्था ५ बजेसम्म खुल्नुपर्छ । दर्ता नभएका संस्था बन्द हुनुपर्छ । जनताले परिवर्तनको महशुस गर्न पाउनुपर्छ । परिवर्तनका लागि नयाँ सोंचका साथ काम गर्नुपर्छ । जोखिम मोल्न पनि तयार रहनु पर्छ । कर्मचारीमा ‘सेन्स आफ अरजेन्सी’ पाइएन । त्यसकारण परिवर्तन हुन नसकेको हो । अब काम गर्न तयार रहुनुहोस् । म पनि आफ्नो काम गर्न तयार छु ।

(स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयको वार्षिक समिक्षा गोष्ठीमा दिएको मन्तब्यको सम्पादित अंश )





error: Content is protected !!