नेपाल खेलकुद पर्यटनको ुहबु बन्न सक्छ, त्यो सम्भावना छ ः प्रचण्ड

काठमाडौँ ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल खेलकुद पर्यटनको हबु बन्नसक्ने प्रचुर सम्भावना रहेको बताएका छन्।

सोमवार योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज—२०२४ को उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले खेलले पर्यटन प्रवर्द्धनका साथै देश विकासमा सघाउ पुग्ने बताए।

उनले नेपाल विभिन्न प्रकारका खेलकुद गतिविधिका लागि आकर्षक स्थल बन्ने बताए। उनले राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अगाडि बढाउन खेलकुदलाई महत्वपूर्ण आधार मान्नुपर्ने पनि बताए।

आफ्नो प्रधानमन्त्रीको कार्यकालमा प्रधानमन्त्रीको कार्यकालमा नेपाली खेलकुदको विकासका लागि खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्न विभिन्न प्रयासहरू थालेको उनले दावी गरे।

अध्यक्ष दाहालले आगामी दिनमा पनि नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहने प्रतिबद्धता जनाए । स्रोत ः थाहाखबर





error: Content is protected !!