जाजरकोटमा गाडी ठोक्किँदा चार जना घाइते

जाजरकोट ः जाजरकोटको रातोपोखरामा गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् । मंगलबार दिउँसो दुईवटा गाडी एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन् ।
भेरी नगरपालिका १२ स्थित रातोपोखरा नजिकै बोलेरो र फोर्स गाडी एकआपसमा ठोकिएका हुन् । नेपालगञ्जदेखि जाजरकोट सदरमुकाम खलङ्गा जाँदै गरेको लु२ख ५८३६ नम्बरको फोर्स र विपरीत दिशाबाट आइरहेको लु१च ५२९९ नम्बरको गाडी एकआपसमा ठोकिँदा चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
उनले घाईतेहरुको जाजरकोट जिल्ला अस्पतालमा उपचार भैरहेको वताए ।



