माओवादीले बनायो पत्रकार देवकालाई नलगाडको उममेयरको उम्मेदवार

सुर्खेत , २४ कात्तिक ः जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछानेलाई छनोट गरिएको छ ।
नेपाल पत्रकार महासंघकी कर्णाली प्रदेश सदस्य समेत रहनुभएकी लामिछाने लाई सर्वसहमत उम्मेदवार बनाएको माओवादी जाजरकोटका सह इन्चार्ज गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । मंसिर १६ गते हुने उक्त चुनाव लामीछानेलाई उम्मेदवार बनाएको हो । उहाँ नलगाड नगरपालिका–५ की स्थानीयबासी हुनुहुन्छ ।
यो भन्दा अगाडी नेपाली कांग्रेसको तर्फबाट इन्द्र चन्द सिंहलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा एमालेको तर्फबाट सुनिता बोहरालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाडाँमा केन्द्र विन्दु बनाएर आएको भूकम्पबाट उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि यहाँ चुनाव हुन लागेको हो ।
लामिछानेले रेडियो जनआवाजमा लामो समय काम गरेकी थिइन । त्यस्तै जनयुद्ध कालमा सञ्चालनमा रहेका रेडियोमा समेत उनले काम गरिन । सधै जनतालाई सूचना दिनु पर्छ भन्दै बिभिन्न सार्वजनि कार्यक्रममा आफ्नो मत राख्ने देवकालाई माओवादीले उम्मेदवार बनाएको छ । संयोग कस्तो मिलेको भने देवका र कांग्रेसबाट उम्मेदवार बनेकी चन्दको माइती घर एकै ठाउँमा रहेको छ ।



