फोर्स गाडी दुर्घटनाका घाइतेको विवरण खुल्यो , मृतकको संख्य चार

हेमन्त केसी
सुर्खेत , २३ कात्तिक ः दैलेखबाट सुर्खेत फर्किदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्वरको फोर्स गाडी दुर्घटना परि मृत्यु हुनेको संख्य चार पुगेको छ । मृतकहरुमा दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश खत्री, वडा नम्बर २ का ३६ वर्षीय कर्णबहादुर विष्ट, १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्ट रहेका छन् ।
घाइते भएकाहरुको पहिचान खुलेको छ । सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खडकाले जानकारी दिनुभयो । मृतकको पहिचान खुलेको छैन ।
घाइतेहरुमा दैलेख नारायण नगरपालिका ४ का २८ वर्षीय चन्द्र मल्ल , भैरबी गाउाँपालिका ३ का २८ वर्षीया जगत कुमारी बिष्ट , उहाँको २ वर्षीया छोरा स्माइल आचार्य , ६ वर्षीया छोरी स्मारिका आचार्य , सोही वडाकै १२ वर्षीय राजन थापा , २१ वर्षीया प्रकाश बिष्ट रहेका छन् । त्यस्तै दुल्लु नगरपालिका १२ का २६ वर्षीया चन्द्रा रावत उहाँको सात वर्षीय छोरा सन्दिप रावत रहेका छन् । भैरबी गाउँपालिका १ की २२ वर्षीया सम्झना भण्डारी, उहाँको १८ महिने छोरी युनिक विष्ट , सोही ठाउँकी १० वर्षीया चन्द्रा रावत रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै दुल्लु नगरपालिका ६ का १९ वर्षीया सुजता रावत , नौ बर्षीया बिहानी के.सी , नाम थर नखुलेको १५ महिनाको बालिका रहेका छन् । सुर्खेत बीरेन्द्रनगर नगरपालिका ८ का ३४ वर्षीया कृष्णा थापा र उहाँको चार वर्षीय छोरा राजन थापा , ११ वर्षीया छोरी अबिक्षा थापा रहेको प्रहरीको भनाई रहेको छ । दैलेख भैरबी गाउँपालिका १ का १८ वर्षीया तुल्सी थापा , भैरबी गाउँपालिका २ की २३ वर्षीया लाल कुमारी बिष्ट , २२ वर्षीया पुष्पा खड्का , दैलेख नारायण गाउँपालिका ४ का २५ वर्षीय बालाराम रेग्मी , दैलेख महाबु गाउँपालिका ३ का २५ वर्षीया सोबण शाही , दैलेख भैरबी गाउँपालिका २ का १७ वर्षीय घनश्याम बिष्ट , महाबु गाउँपालिका ३ का बीस वर्षीय प्रकाश बुढा रहेका छन् ।
त्यस्तै भैरबी गाउँपालिका १ का ३१ वर्षीया रमा बिष्ट, २० की कमला बिष्ट , महाबु गाउँपालिका ३ का १६ वर्षीय हरि रावल , भैरबी गाउँपालिका १ का २७ वर्षीया सुजता खत्री , सुर्खेत बीरेन्द्रनगर नगरपालिका ३ का २१ वर्षीय सौगात मल्ल घाइते भएका छन् । त्यस्तै घाइते हुनेहरुमा दैलेख भैरबी गाउँपालिका ५ का ३० वर्षीय कमल नेपाली र ठेगाना नखुलेको बर्ष अन्दाजी ३८÷४० को सुरेश के.सी. रहेका छन्।










