कर्णालीमा माओवादी मन्त्रीहरूले राजीनामा बुझाए

सुर्खेत ः कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुले राजीनामा बुझाएका छन्। उनीहरुले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाको घोषणा गरेका थिए।

पत्रकार सम्मेलन सकिएलगत्तै मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका हुन्। कर्णाली प्रदेशमा माओवादीबाट अर्थमन्त्रीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए।

केन्द्रको समीकरण फेरिएर माओवादी केन्द्र प्रतिपक्षमा पुगेसँगै यो पार्टी सातै प्रदेशमा पनि सत्ताविमुख हुने अवस्थामा पुगेको हो। हिजो मात्रै बागमती र लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रको नेतृत्वमा रहेका दुवै सरकारले राजीनामा दिनुपरेको थियो।

सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले दुई महिना बीस दिनमा गरेका मुख्य, मुख्य कामहरु

स्वास्थ्य क्षेत्र तर्फः

  • नागरिक स्वास्थ्य परीक्षण सुर्खेत र रूकुम पश्चिम जिल्लामा
  • मिति २०८० असोज प्रदेश पूर्ण खोप घोषणा गरी नयाँ खोप कार्यक्रमहरु सञ्चालनमा ल्याईएको
  • प्रादेशिक प्रेषण केन्द्र स्थापना तथा संचालन
  • प्रदेशमा सञ्चालनमा रहेका एम्वुलेन्सहरुमा GPS जडान गरी प्रदेश प्रेषण केन्द्रमा आबद्ध गरिएको
  • विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी करारमा नियुक्ति गरी परिचालन गरिएको
  • भूकम्प प्रतिकार्यका लागि आपूर्ति व्यवस्थापन तथा जनशक्तिको परिचालन द्रुत रुपमा गरिएको
  • भूकम्पबाट प्रभावित क्षेत्रहरुमा अस्थाई स्वास्थ्य संरचना हस्तान्तरण गरिएको (रुकुम पश्चिमको घेत्मा, जाजकोटको नलगाड र बारेकोट)
  • जाजरकोट, डोल्पा जिल्लामा निर्माणाधिन अस्पताल भवनहरु निर्माण सम्पन्न भई हस्तान्तरण भएको
  • प्रदेश अस्पतालको तल्ला थप लगायत भौतिक पूर्वाधार थपको प्रक्रिया अघि बढेको ।MRI सेवा सञ्चालन गरिएको गरिएको । प्रदेशमै पहिलो पटक मृगौला प्रत्यारोपणको सफलता पूर्वक गरिएको ।
  • प्रदेशमा स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न बीमा कार्यक्रमका लागि बजेटको व्यवस्थापन गरिएको
  • जिल्ला अस्पतालहरूको भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिईएको ।
  • प्रदेशमा अस्पतालको सेवालिनेको संख्यामा बृद्धि भएको (२०८१ बैशाख कर्णालीबासीले कुल ४१ लाख ७ हजार ७ सय 2 पटक अस्पतालको सेवा लिएको)।

सामाजिक क्षेत्र तर्फः

  • प्रदेश प्रमुख सामाजिक रूपान्तरण कार्यक्रम
  • वालवालिकासँग मूख्यमन्त्री कार्यक्रम
  • लैङ्गिक समानाता तथा सामाजिक समावेशीकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण
  • वालगृह‚ बृद्धाआश्रम तथा OCMC सम्बन्धी कार्यक्रम

शिक्षा, युवा तथा खेलकुद विकास क्षेत्र

  • सार्वजनिक शिक्षा सुधार कार्यक्रम
  • राष्‍ट्रव्यापी भलिबल प्रतियोगिता
  • प्रदेश रङ्गशाला निर्माण सम्पन्नको चरणमा
  • प्रदेश रंगशाला,चौरजहारी रंगशाला चिसापानि रंगशाला धो ताक्सी रंगशाला

मुख्यमन्त्री डिजिटल लर्निङ कार्यक्रम

आवासिय विद्यालय निर्माण गर्नका लागि बजेट व्यवस्थापन

कर्णाली प्रदेशका सबै स्थानीय तहमा प्रति स्थानीय तह एक विद्यालय भवनमा बजेट व्यवस्थापन

कर्णाली प्रदेशका सबै जिल्लाहरुमा अधुरा भवन , विद्यालयमा घेराबार , भौतिक संरचना मर्मतमा बजेट व्यवस्थापन गरिएको

विद्यालय भौतिक पूर्वाधार निर्माणमा कर्णालीका थप ४० विद्यालयमा बजेट बिनियोजन

कर्णालीका सामुदायिक क्याम्पस निर्माण तथा सुधारका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको

 




सम्बन्धित समाचार


error: Content is protected !!