विपद व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित
नदिको उच्च बहाब तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेकाल छन् । खोजीको क्रममा उद्धार टोलीले शुक्रबार बिहानसम्म २३ जनाको शव फेला परेको छ । सोमध्ये नौ वटा शवको सनाखत हुन बाँकी छ । चितवनको भरतपुर महानगरपालिका–२९अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते ६५ यात्री रहेको दुई वटा बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता छन् ।