नारायणी नदीमा फेला पर्‍यो एक शव, सिमलताल पहिरोमा परेको बसका यात्रु भएको आशङ्का

चितवन ः चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको प्रहरीको भनाइ छ ।

शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमानका साथ प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतकका परिवारले शवको शनाखत गरे पनि उनी कुन शिलसिलामा चितवन पुगेका थिए भन्ने खुलिसकेको छैन ।





error: Content is protected !!