कालिकोटमा सञ्चालित न्यानो काख सेवा समाजलाइ सहयेाग

दिपेन्द्र शर्मा

सुर्खेत

कालिकोटमा सञ्चालित न्यानो काख सेवा समाजले अभिभावकविहीन र पिडित बालबालिकाहरूको रेखदेख तथा पालनपोषणका निम्ति विभिन्न माध्यमबाट प्राप्त सहयोग पाउदै आएको छ।

अभियन्ता निराजन ढकालका अनुसार, यो सहयोग फेसबुक सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहेका सहयोगीदाताहरूले गरेका हुन्। ढकालले भने, “हामी एउटा माध्यम मात्र हौं। हाम्रो कामलाई साथ, समर्थन तथा विश्वास गर्ने देश तथा विदेशमा रहेका तपाईं सहयोगीदाताहरूले गरेको सहयोगलाई स्थलगत अनुगमन र अवस्था अवलोकन गरेर उक्त सहयोग रकम न्यानो काख सेवा समाजकी सञ्चालक कल्पना मल्लज्युलाई हस्तान्तरण गरेका छौ।

न्यानो काख सेवा समाजले बालबालिकाहरूलाई राम्रो संस्कार, सुरक्षित आवास, राम्रो खाना, शिक्षा, तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। विभिन्न माध्यमहरू जस्तै च्यारिटी मार्फत सहयोग गर्ने आहा नेपाल, न्यानो काखका निम्ति सहयोग अभियान सञ्चालन गर्ने Soul Society, खेलकूद सामग्री सहयोग गर्ने युवा क्लब सुर्खेत लगायत सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ। सहयोगको विवरण अनुसार, २१,१२० रुपैयाँ उठाइएको थियो, जसमा २१,००० रुपैयाँको चामल खरिद गरिएको र १,१२० रुपैयाँ नगद इसेवा मार्फत हस्तान्तरण गरिएको छ। यो सानो सहयोगले पनि न्यानो काख सेवा समाजलाई सञ्चालन गर्न केही मद्दत पुर्याउने आशा गरिएको ढकालले बताए। साथै, इच्छुक व्यक्तिहरूलाई न्यानो काख सेवा समाजसँग सिधै सम्पर्क गरेर पनि सहयोग गर्न सकिने जानकारी दिइएको छ भने सरकारी तथा गैरसरकारी निकाय, संघ संस्था हरूबाट पनि सहयोग गर्न सकिने अनुरोध पनि गरिएको छ। यस्तै स्थानीय अभियन्ताहरू, पत्रकारहरू, जिल्ला ट्राफिक प्रहरी कालिकोट लगायत सम्पूर्ण सहयोगीहरूप्रति सञ्चालक कल्पना मल्लले हार्दिक आभार व्यक्त गर्नुभएको छ।





error: Content is protected !!