डोल्पाको यार्सा पाटनमा भिरबाट लडेर एक महिलाको मृत्यु

डोल्पा ः हीमाली जिल्ला डोल्पामा बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न जगदुल्लाको टाङटुङे लेकमा पुगेकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ।
जगदुल्ला गाउँपालिका वडा नं. १ निवासी बर्ष २९ की बिमला बि.क. को यहीँ जेठ २६ गते शनिबार पाटनबाट घर फर्किने क्रममा लडेर निधन भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
यहीँ जेठ १० गते देखि डोल्पाका शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, निजि तथा सामुदायिक यार्सा पाटनहरुमा सर्वसाधारणको लागि खुल्ला गरिएको थियो। एक महिनाको लागि खुला भएका पाटनबाट सोचेको जस्तो यार्सागुम्बा नपाईएको भन्दै दिनप्रतिदिन संकलनकर्ता फर्किने क्रम जारी छ।
डोल्पाका विभिन्न यार्सा पाटनमा हाल सम्म विभिन्न समस्याको कारण ७ जनाको मृत्यु भैसकेको छ।










