दरबन्दी अनुसारको चिकित्सक व्यवस्थापन मन्त्रालयले गर्ने ः मन्त्री शाही

सुर्खेत , १४ जेठ ः प्रदेशकै सामरिक महत्वका रुपमा रहेको प्रदेश अस्पतालमा दक्ष तथा विशेषज्ञ चिकित्सकको दरबन्दी समस्य समाधान गरिने सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले बताउनुभयो ।
प्रदेश अस्पतालमा १७ औँ गणतन्त्र दिनसको अवसरमा सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश अस्पतालमा भएको कार्यक्रममा मन्त्री शाहीले यो कुरा बताउनुभएको हो । दरबन्दी अनुसारको चिकित्सक नहुँदा परेको समस्य समाधान गर्नका लागि केही लोकसेवामा माग भएको र केही मन्त्रालयले करारमा नियूक्त गरेर भएपनि समस्य समाधान गरिने मन्त्री शाहीले जानकारी दिनुभयो ।
प्रदेश अस्पतालसँगै जाजरकोटको ५० शश्याको जिल्ला अस्पताल , सुर्खेतको मेहलकुना अस्पतालमा लगायत १० जिल्लामा रहेको समस्यको विषयमा आफू जानकार भएको भन्दै सबै समस्य समाधानका लागि पहल जारी रहेको बताउनुभयो ।
प्रदेश लोकसेवा मार्फत पनि समस्य समाधान हुने र अन्य करारमा नियूक्त गरेर भएपनि समस्य समाधानका लागि मन्त्रालय लागिपरेको उहाँको भनाई रहेको छ । कर्णालीमा चिकित्सकलाई सेवामुलक भावनाका साथ काम गरिरहेकोले आफू खुसी भएको समेत उहाँले बताउनुभयो ।





error: Content is protected !!