वीरेन्द्रनगरको मेहेलीमा प्रेसर कुकर बम फेला


बम फेला परेको सूचना पाउनासाथ अस्थायी प्रहरी पोष्ट मेहेली सुर्खेतका प्रहरी हवल्दार लाल बहादुर बोहराको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा तत्कालका लागि सिल गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
बमलाई डिस्पोजल गर्ने उपकरणसहित नेपाली सेनाको टोली उक्त स्थान पुगेर डिस्पोज गर्ने तयारी गरेको छ । बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










