दुईजनाको ज्यान लिएको बाघ मर्यो

चितवन ः मकवानपुरको मनहरीमा दुई मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ। शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। दश वर्षीया बाघ सौराहास्थित खोरमा राखिएको थियो ।
बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा उपचार भइरहेको थियो।
चालु आर्थिक वर्षमा चितवनमा सात बाघ मरेका छन्। सन् २०२२ को गणनाअनुसार नेपालमा ३५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १२८ छन्।










