डोल्पा पाटनमा अलपत्र जुम्लाका यूवाको हेलिकप्टरबाट उद्दार

यार्सागुम्बा संकलनका लागि डोल्पा पाटनमा गएर अलपत्र परेका जुम्लाका यूवाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । डोल्पाको साल्दाङ फोतगाउँ क्षेत्रमा अलपत्र परेर अस्वस्थ भएका पातारासी गाउँपालिका वडा नं. ३ मोहरीगाउँका ओमप्रकाश बुढालाई उद्दार गरिएको हो ।

ओम प्रकाश सहित चार जना यूवा अलपत्र परेपनि ओम प्रकाश बुढाको स्वास्थ्य अबस्था नाजुक भएको र एक हप्तादेखि विरामी परेकोले उनलाई मात्र तत्काल हेलिकप्टर मार्फत उद्दार गरिएको हो । भने अन्य तीन जना जय बुढा हिरालाल रावत र चन्नलाल रावतको अबस्था समान्य भएकोले उनीहरु आएनन् ।

उद्दारका लागि हेलिकप्टर मंगलबारनै डोल्पा पाटन गएपनि हावाहुरीका कारण अवतरण हुन सकेको थिएन् । पुनः बुधबार विहान हेलिकप्टर ताल्चा हुदैँ डोल्पाको पाटनमा पुगेर अलपत्र यूवाको उद्दार गरि जुम्ला ल्याइएको छ ।

उद्दारका लागि जिल्ला प्रशासन मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय हुदैँ केन्द्रमा माग गरेपनि सरकारी संयन्त्रले वास्ता नगरेपछि नीजि सहयोगबाट हेलिकप्टर व्यवस्थापन गरेर उद्दार गरिएको छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले एक लाख २५ हजार, कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले २० हजार र स्थानीय समुदायको सात लाख सहयोगमा हेलिकप्टर रिजर्भ गरि को उद्दार गरिएको हो ।

हेलिकप्टरबाट उद्दार गरी जुम्ला ल्याइएका ओम प्रकाशलाई स्वासप्रस्वास समस्या भएकोलथप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।





error: Content is protected !!