उत्तरी गाजामा निरन्तर बमबारी

इजरायली सेनाले उत्तरी गाजाको जबालिया र दक्षिणी रफाहमा निरन्तर बमबारी गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै बमबारीमा परि कम्तीमा ८२ प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ। यो पछिल्लो हप्तामा एकै दिनमा सबैभन्दा धेरै हवाइ आक्रमणमा मृत्यु हुनेको संख्या हो। इजरायली सेनाले नयाँ आक्रमण शुरु गरेपछि ४ लाख ५० हजार भन्दा बढी प्यालेस्टिनी रफाह शहरबाट निस्किएका छन्।
यस्तै १ लाख भन्दा बढीले उत्तरी गाजा छाडेका छन्। यसैबीच मध्यस्थकर्ता कतारले इजराइलको सैन्य अभियानले हमाससँगको वार्तालाई पछाडि धकेलेको बताएको छ। कतारले इजिप्ट र संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको महिनौँदेखि द्वन्द्वमा पर्दापछाडिको मध्यस्थतामा संलग्न छ। एजेन्सी



