रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, र ३ घाइते

सुर्खेतः रुकुम पश्चिम १४ छेपारेमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट – १४ छेपारेमा शुक्रबार मध्याह्न दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले जानकारी दिए ।
डीएसपी नवराज पोखरेलका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ । दिपेन्द्र शर्मा










