प्रदेश अस्पताल सबैको भरोसा बटुल्दै ः मन्त्री शाही

सुर्खेत ः प्रदेश अस्पतालले प्रवाह गर्ने सेवाहरु सबैको भरोसा बटुल्ने खालको बनोस भन्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले बजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


शुक्रबार बिहान प्रदेश अस्पतालको अनुगमण तथा निरीक्षण गर्नुहुँदै उहाँले प्रदेशको इज्जत ,प्रतिष्ठासँग जोडिएको अस्पताल बजेट अभावकै कारण सेवा प्रवाहमा समस्य हुन नदिने जानकारी दिनुभयो । अहिले प्रदेश अस्पतालमा कर्णाली मात्र नभई बाहिर अन्य प्रदेशबाट पनि सेवा लिन आउने गरेको जानकारी आएको भन्दै उहाँले सेवालाइ अझ भारी मात्रामा प्रभावकारी र भरोसायोग्य बनोस भन्दै निर्देशन समेत दिनुभयो । अस्पताल सबैको साझा थलो भएकाले आलोचना समेत हुने गरेपनि आलोचनालाई सुधारको लागि सुझावको रुपमा लिनुपर्ने कुरामा जोड दिनुभयो ।


मन्त्री शाहीले अस्पतालका बिभिन्न कक्षा तथा शाखाको निरीक्षण समेत गर्नुभयो । लामो समय देखि अवरुद्ध भएको सिटि स्क्यान सेवा सूचारु गर्ने सम्वन्धमा समेत आफू सकरात्मक रहेको बताउनुभयो । प्रदेश अस्पतालको सेवा प्रवाहलाई उपलब्धी मूलक बनाउनका लागि आफू सधैँ प्रतिवद्ध रहेको समेत बताउनुभयो । केही वर्ष पहिला कर्णालीका बिरामीहरु बाहिर उपचार गर्न जान्थे भने अहिले कर्णालीम उपचारका लागि आउने खवर सुन्दा खुसी लागेको समेत उहाँले प्रतिक्रिया दिनुभयो । कर्णालीका १० जिल्लाको स्वास्थ्य संस्थाहरुको वृद्धि विकास तथा स्वास्थ्यकर्मीको वृद्धि विकास र सेवाका लागि आफू चिन्तित भएको बताउनुभयो ।

 

 




सम्बन्धित समाचार


error: Content is protected !!