यार्सा टिप्न जाँदा लेक लागेर जुम्लाका एकको मृत्यु

मुुगु ः मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाँदा लेक लागेर जुम्लाका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा जुम्ला जुम्लाको पातारासी गाउँपालिका-३ चौर गाउँका अन्दाजी २६ वर्षका सुर्ज रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
थापाका अनुसार यार्सा टिप्न जाने क्रममा लेक लागेर अकस्मात बिरामी परेका रावतलाई आफन्तले पुलु स्वास्थ्य चौकीमा ल्याएका थिए । त्यहाँ सामान्य उपचारपछि जिल्ला अस्पताल ठिनीमा ल्याउँदै गर्दा रावतको रिउसबगरमा मृत्यु भएको छ । पाटनमा यार्सा टिप्न जाँदा हाइअल्ट्रीच्यूतले अकस्मात बिरामी हुने र तत्काल औषधि उपचार उद्धार नहुँदा बर्सेनि यार्सा संकलकको ज्यान जाने गरेको छ ।
मुगुम कार्मारोङले जेठ १५ गतेबाट पाटन क्षेत्रमा यार्सा टिप्न स्थानीयलाई अनुमति दिने निर्णय गरिएपनि लुकिछिपी यार्सा टिप्न पाटन जान थालेको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।










