नक्कली नोटसहित महिला पक्राउ

जाजरकोट ः जिल्लाको छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् ।

इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!