जसपा विभाजन ः प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौँ ः निर्वाचन आयोगले नवगठित जनता समाजवादी पार्टी नेपाल(जसपा) का प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गरेर कित्ता छुट्टयाउन २१ दिने सूचना जारी गरेको छ । निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै जसपा नेपालका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सनाखतका लागि प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुन भनेको हो ।

आयोगको सूचना अनुसार नयाँ दल दर्ताको २१ दिन अर्थात् जेठ १३ गतेभित्र सनाखत गरिसक्नुपर्नेछ ।

सनाखतका लागि आयोग कार्यालय जाँदा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र पनि लैजानुपर्नेछ ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई सोमबार नयाँ दल दर्ताको प्रमाण पत्र दिइसकेको छ । राईसँग ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य छन् भने प्रदेशसभामा २२ जना निर्वाचित छन् । रातोपाटी




सम्बन्धित समाचार


error: Content is protected !!