विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं

काठमाडौं ः डढेलो र आगलागीका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा प्रदूषण बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शनिबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक २०२ पुगेको छ ।

शनिबार काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा सूचीकृत छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरुञ्जेल र हावाको मात्रा नबढुञ्जेलसम्म प्रदूषण हट्ने सम्भावना छैन । यद्यपि आगामी सोमबार भने पश्चिमी वायुको प्रभावले उपत्यकामा वर्षाको सम्भावना रहेकाले प्रदूषण केही मात्रा हट्ने महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।

केही दिनको उच्च तापक्रम भने अहिले घट्दो क्रममा छ। सबैभन्दा उच्च तापक्रम पुग्ने भैरहवामा आज ३७ देखि ३९ डिग्री सेल्यिससम्म पुग्न सक्ने अनुमान गरिएको छ। शुक्रबार भैरहवामा ३९.२ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यस्तै काठमाडौं ३१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो। शनिबार पनि काठमाडौंमा सोही हाराहारीमा तापक्रम पुग्ने अनुमान गरेको मौसमविद् पुडासैनीले बताए। स्रोत ः थाहाखबर




सम्बन्धित समाचार


error: Content is protected !!