अबैध रुपमा यार्चा पाटन पुगेका थप १५ जना पक्राउ

सर्खेत ः डोल्पामा फेरि अबैध रुपमा यार्चा पाटन पुगेका १५ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम आटबिसकोट नगरपालिकाका १५ जना कागमारा लेखको यार्चा पाटनबाट पक्राउ परेका छ्न । शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगार्ड बाट शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज को सुरक्षा तथा यार्चा पाटनमा खटिएका नेपाली सेनाले पक्राउ गरेको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाका सुचना अधिकारी रेन्जर यज्ञराज रोकायाले जानकारी दिए ।
केही दिन आगाडिमात्र ४८ जनालाई अबैध तरिकाले नखोलिएको बनमा प्रबेश गरेको भन्दै पक्राउ गरि कार्बाहि गरिएको शे-फोक्सुन्डो राष्ट्रिय निकुन्ज कार्यालय डोल्पाले जनाएको छ । पक्राउ परेकाहरु तोईजम चेक पोष्ट जगदुल्लामा पुर्याईएको निकुञ्जले जनाएको छ ।
हाल सम्म ६३ जना अबैध तरिकाले नखोलिएको यार्चा पाटन बाट पक्राउ गरि कार्बाही गरिएको छ । भने डोल्पाका ४०/५० भन्दा बढी यार्चा पाटनहरु जेठ १० गते खुल्ला गरिने भएको जिल्लाको सर्बदलिय सर्ब पक्षिय निर्णयमा उल्लेख गरिएको छ । अब अबैध तरिकाले प्रबेश गरेकाहरुलाई कडा कानुनी रुपमा कडा कार्बाही गरिने जिल्ला बन र राष्ट्रिय निकुञ्ज कार्यलय डोल्पाले जनाएको छ ।










