प्रदेशसभा सदस्य विष्ट भन्छन् ः श्री ३ शर्मा महाराजको उपनिबेसमा गाह्रो छ हो साथी हो ?

वैशाख १८ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद विस्तार भयो । माओवादी र एमलेका मन्त्रीहरु थपिए । एमाले भित्र आफूले भनेको मन्त्रालय नपाएको भन्दै प्रदेशससभा सदस्य विनोद कुमार शाहले विरोध गरेका छन् भने त्यो समस्य माओवादीमा पनि देखिएको छ ।
माओवादीमा प्रदेशसभा सदस्य विन्दमान विष्टले वैशाख १९ गते स्टाटसमा श्री ३ शर्मा महाराजको उपनिबेसमा गाह्रो छ हो साथी हो भन्दै आफ्नो कुरा सार्वजानिक गरेका छन् । विष्ट पूर्व अर्थमन्त्री पनि हुन् । १८ गते विस्तार गरेको मन्त्रीमण्डलमा विष्ट नपर्नु अनौठो भएको राजनीतिक वृत्तमा छलफल समेत भइरहेको छ ।
उनले नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव जर्नादन शर्मा र राजकुमार शर्मालाई लक्षित गर्दै श्री ३ शर्मा महाराजको उपनिबेसमा गाह्रो छ हो साथी हो लेखेका हुन् । शर्माले आफू अनुकुलमा व्यक्तिलाई मात्र मन्त्री बनाएको उनको स्टाटसको मर्म हो ।










