यार्सागुम्बा चोरी गर्ने ४८ जना पक्राउ

सुर्खेत ः डोल्पाका पाटनहरुमा यार्सागुम्बा चोर्न पुगेका ४८ जना यार्सागुम्बा चोर पक्राउ परेका छन । डोल्पाका कागमारा,कुनासा, टाङ्ग टुङ्गे लगाएतका यार्सा पाटनहरुबाट पक्राउ गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका सुचना अधिकारी तथा रेन्जर यज्ञराज रोकायाले जानकारी दिए । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगत डोल्पा जिल्लाभर ७ वटा चेकपोस्ट र मुगु जिल्लामा २ वटा चेकपोष्ट रहेको रोकायाले बताए ।
विभिन्न स्थानबाट बाट पक्राउ परेकाहरुमा जाजरकोट जिल्लाका ६ जना , मुड्केचुला गाउपालिका डोल्पाका १९ जना र जगदुल्ला गाउपालिकाकै २३ जनालाई पक्राउ गरिएको छ।
पक्राउ परेका सबैलाई निकुञ्जको कार्यालयमा निगरानीमा राखिएको छ।
यो बर्ष डोल्पाका यार्सा पाटन आगामी जेठ १० गते खुल्ला गर्ने जिल्लास्तरीय सरोकारवालाको बैठकले निर्णय गरेको थियो ।
तर सर्वदलीय सरोकारवालाको निर्णय भन्दा अगाडि नै पाटनमा पुगेर अबैध रुपमा यार्चागुम्बु संकलन गरेपछि उनिहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।










