जाजरकोट जादैगरेको रात्रीबस सिम्तामा दुर्घटना, रुकुम र जाजरकोटका १२ जना घाईते

सुर्खेत ः बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट आउँदै गरेको रात्री बस दुर्घटना भएको छ । मंगलबार बिहान सुर्खेतको सिम्ता गाउँपालिका -३ मा ना ४ ख ९३१७ नम्वरको यात्रुबहाक बस दुर्घटना हुँदा १२ जना यात्रु घाईते भएका छन् ।

ईलाका प्रहरी कार्यालय सिम्ताका प्रहरी निरीक्षक भिम बहादुर खड्काका अनुसार घाईते हुनेहरुमा रुकुम पश्चिमका ६ जना र जाजरकोटका ६ जना रहेका छन् ।

घाईते हुनेहरुमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ का बिजय कुमार गोसाई, खुमा कुमारी गोसाई, रुपलाल नेपाली र उहाँका छोरा नबिन नेपाली, निखिल नेपाली र श्रीमती चेतना नेपाली रहनु भएको छ ।

उहाँहरु मध्य खुमाको टाउकोमा चोट रहेको छ भने अन्यको अवस्था सामान्य रहेको घटनास्थलमा रहनु भएका चौरजहारी नगरपालिका १ का तेजबहादुर बिष्टले जानकारी दिनुभयो । उहाँलाई नेपालगञ्ज लैजाने तयारी भईरहेको बिष्टले बताउनुभयो ।

घाईते मध्य जाजरकोटका ६ जनाको भने पहिचान खुल्न सकेको छैन । सबै जना घाईतेको अहिले सिम्ता गाउँपालिका ६ मा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भईरहेको छ ।

सोमबार बेलुका नेपागञ्जबाट छुटेको उक्त बस आज बिहान ३ बजे दुर्घटना भएको हो । बसमा १९ जना यात्रु सवार रहेको प्रहरीको भनाई छ । बस चालकलाई नियन्त्रणमा लिईएको र दुर्घटनाको थप अनुसन्धान गरिने प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!