गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायलतर्फ प्रस्थान

(240425) — GAZA, April 25, 2024 (Xinhua) — The photo released by the Israel Defense Forces (IDF) on April 25, 2024 shows Israeli troops conducting a military operation in the central Gaza Strip. Israel is expected to begin evacuating civilians from Rafah “soon” ahead of a planned assault on Gaza’s southernmost city, state-owned Israeli Kan TV reported on Thursday, following meetings of the country’s war Cabinet. (Israel Defense Forces/Handout via Xinhua)

मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान लागेको इजरायली सरकारनिकट एक स्रोतले एएफपीलाई जानकारी गराएको छ ।

यो प्रयास दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध सैन्य धक्काको तयारी र गाजा युद्धको बाछिटाको कारण लेबनानसँग इजरायलको उत्तरी सीमामा हवाई आक्रमणको आदान–प्रदान बढेसँगै भएको हो ।
इजरायली सेनाले शुक्रबार उक्त सीमा नजिकै क्षेप्यास्त्र प्रहार गर्दा एक इजरायली नागरिकको मृत्यु भएको जनाएको छ ।
हमासका एक अधिकारीले एएफपीलाई बताएअनुसार गाजाको अधिकांश जनसङ्ख्या आश्रय रहेको रफाहमा कुनै पनि प्रकारको आक्रमणले वार्तालाई खतरामा पार्नेछ ।
कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले युद्धविराम र शान्ति वार्ताको मध्यस्थता गरेका छन् । तर यो मध्यस्थता प्रयासले नोभेम्बरमा एक हप्ताका लागि युद्ध रोकिएपछि अहिलेसम्म कुनै सफलता प्राप्त गर्नसकेको छैन ।
त्यस युद्धविरामले इजरायली जेलमा रहेका २४० जना प्यालेस्टिनीहरूको बदलामा ८० जना इजरायली बन्दीहरूको आदानप्रदान भएको थियो ।
त्यसयता गाजामा प्यालेस्टिनी नागरिकमाथि युद्धका कारण भएको क्षतिको विश्वव्यापी आलोचना बढेको छ र त्यहाँका लडाकुहरूले आफ्ना बन्दीहरूलाई रिहा गर्नुपर्ने आवाज उठिरहेको छ ।
अक्टोबर ७ मा हमासको अकल्पनीय आक्रमणपछि युद्ध सुरु भएको थियो । युद्धका कारण इजरायलमा करिब एक हजार १७० व्यक्तिको मृत्यु भएको एएफपीले इजरायली आधिकारिक तथ्याङ्कमा उल्लेख गरेको छ ।
जवाफी कारबाहीमा गाजामा कम्तीमा ३४ हजार ३०५ जनाको ज्यान जाने गरी भएको छ भने इजरायलले हमासलाई ध्वस्त पार्ने बताउँदै आएको छ ।
आक्रमणका क्रममा लडाकूहरूले करिब २५० व्यक्तिलाई इजरायली क्षेत्रबाट बन्धक बनाएका थिए । बन्धकमध्ये १२९ जना गाजामा रहेको इजरायली अनुमान छ भने ३४ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ ।
स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार इजिप्टको प्रतिनिधिमण्डल ‘सुरक्षा समन्वयका लागि’ इजरायल जान लागेको हो ।
स्रोतलाई उद्धृत गर्दै इजरायलका विभिन्न सञ्चारमाध्यमले शुक्रबार इजिप्टको प्रतिनिधिमण्डलको भ्रमणअघि युद्ध मन्त्रीमण्डलले युद्धविराम र बन्धकमुक्त गर्ने नयाँ योजनाबारे छलफल गरेको बताएका छन् ।
सहायता समूहहरूले रफाहमा हुने कुनै पनि आक्रमणले पहिले नै विनाशकारी स्थितिहरूको सामना गरिरहेको गाजामा पहिले नै विनाशकारी स्थितिहरू थप्नेछ जहाँ विश्व खाद्य कार्यक्रमका अनुसार अनिकाल ‘वास्तविक र खतरनाक जोखिम’ हो ।
हमासका वरिष्ठ अधिकारी गाजी हमादले एएफपीसँग कुरा गर्दै इजरायलले रफाहमा आफूले चाहेको कुरा हासिल गर्न नसक्ने बताएका छन् ।
“करिब सात महिनाको युद्धपछि पनि ‘चाहे त्यो हमासलाई समाप्त गर्ने होस् वा बन्दीहरूलाई फिर्ता गर्ने होस्’ इजरायलले आफ्नो लक्ष्य हासिल गर्न सकेको छैन, हमास स्रोतले बताएको छ ।
“आक्रमणले ‘निस्सन्देह वार्तालाई खतरामा पार्नेछ’ र ‘इजरायल युद्ध जारी राख्न इच्छुक छ’ भन्ने देखाउँछ,” हमासको राजनीतिक ब्युरोका केही वरिष्ठ व्यक्तिहरू रहेको कतारबाट इस्लामिक आन्दोलनका एक अधिकारीले फोनमार्फत् बताउनुभयो ।
यसै महिनाको सुरुमा समाप्त भएको मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमजानका लागि मध्यस्थकर्ताहरू असफल भएपछि कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले गत हप्ता कतारले आफ्नो भूमिकाको पुनरावलोकन गरिरहेको बताउनुभएको थियो ।




error: Content is protected !!