भूकम्प प्रभावित जाजरकोटका पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ ः सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १७ कात्तिकको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  उर्जामन्त्री शक्तिबहादुर बस्नेतको सहभागितामा पूर्वन्त्री गणेशप्रसाद सिंहको सयोजनमा , पत्रकार प्रभात चलाउने , नलगाडका नगरप्रमुख डम्बर रावत , नेकपा माओवादी केन्द्र जाजरकोटका संयोजक टेकबहादुर रावल लगाएका नेताहरुले एक ज्ञापन पत्र बुझाउदै जाजरकोटलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न गरि ज्ञापन पत्र बुझाएका थिए ।





error: Content is protected !!