एकता दिवसको अवसरमा सार्वजनिक विदा

पाल्पा , पाल्पाको तानसेन नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । दिवसको अवसरमा तानसेन नगरपालिकाले १५ गते एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले आइतबार सूचना जारी गर्दै विदाको घोषणा गरेको हो । पाल्पा जिल्ला मगर समुदायको बहुल्यता रहेको जिल्ला भएको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक विदा दिइएको तानसेन नगरपालिकाका नी प्रमुख प्रशासकीय अधिकृत दुर्गा वहादुर थापाले बताउनुभयो ।
तानसेन नगरपालिका नगर कार्यपालिकाको (२०८०,१०,२६ ) को बैठकको निर्णय अनुसार फागुन १५ गते मगर दिवसको अवसरमा विदा दिने निर्णय गरेको हो । तानसेन नगरपालिकाका अधिकृत दुर्गा वहादुर थापा द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।
४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा यहि मिति २०८०÷११÷१५ गते तानसेन नगरपालिका मातहतकासम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएकाले उक्त दिन सार्वजनिक विदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
राष्ट्रिय मगर दिवसको अवसरमा तानसेन नगरपालिकाको विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहितका कार्यक्रमहरु हुँदै आएको छन ।








