डोल्पाको जुफाल विमानस्थल फागुन १६ गतेदेखि बन्द हुने

डोल्पा ः डोल्पामा रहेको जुफाल विमानस्थल फागुन १६ गतेदेखि बन्द हुने भएको छ। विमानस्थलको धावन मार्गको मर्मतका लागि फागुन १६ गतेदेखि चैत्र १६ गतेसम्म बन्द गर्न लागिएको हो। यसका लागि नागरिक उड्डयन प्राधिकरणले डोल्पा कार्यालयलाई सूचना पठाइसकेको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले जानकारी दिए।
माघ २९ गते ठुलिभेरी नगरपालिका जुफालमा नगर प्रमुख सुवर्ण बुढाको अध्यक्षतामा बसेको बसेको जिल्लास्थित सरोकारवाला निकायको बैठकले विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई सिफारिस गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ । विमानस्थलको धावनमार्ग असुरक्षित भएको गुनासो पाइलटहरूबाट बारम्बार आएपछि स्तरोन्नति गर्न लागिएको हो। विमानस्थलको १८५ मिटर स्तरोन्नति हुने छ। यसका लागि ६ करोड खर्च हुने छ।







