भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर

जाजरकोट ः जाजरकोट भूकम्पको अति प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल परिवार नियोजन सङ्घको आयोजनामा जाजरकोटका चार स्थानीय तहका विभिन्न स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

नेपाल परिवार नियोजन सङ्घका शाखा प्रबन्धक वसन्त खनालले भूकम्पले अति प्रभावित भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका २९ स्थानमा वृहत् प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनु भयो । शिविर बाट जम्मा ४ हजार ४ सय ३० जनाले सेवा पाएको समेत खनालले जानकारी दिनु भयो ।

शिविरका साथै भूकम्प प्रभावित समुदायका व्यक्ति तथा विद्यार्थीहरूलाई प्रजनन स्वास्थ्य सरसफाइ लगायतका स्वास्थ्य सम्बन्धी ६५ वटा सचेतना मूलक कार्यक्रम गरिएको प्रबन्धक खनालले बताउनु भयो ।

शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, स्त्री रोग सम्बन्धी सेवा , यौनजन्य सङ्क्रमणको उपचार परिवार नियोजनको लामो अवधिको साधन इम्प्लान्ट सेवा, आईयूसिडी सेवा, पाठेघर खसेका महिला, भिडिओ एक्स(रे सेवा दिइएको थियो ।

शिविरबाट लैङ्गिक हिंसा , गर्भवती महिला , सुत्केरी महिला ,किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धी सेवा र परामर्श ,यौन रोग तथा एचआई भि एडस सम्बन्धी परामर्श तथा उपचार सेवा, परिवार नियोजन सेवा ,पाठेघर मुखको क्यान्सरको स्कृनिङ सेवा प्रदान गरिएको प्रबन्धक खनालले बताउनु भयो ।





error: Content is protected !!