ठुलिभेरीले सुरु गर्र्यो घरको नक्सा पास

डोल्पा ः नक्सा पास नगरी घर निर्माण गर्ने चलन जारी रहदा डोल्पाको ठुलिभेरी नगरपालिकाले नक्सा पास गरेर मात्र घर निर्माण गर्ने कार्य सुरु गरेको छ । नक्सा पास गरि घर निर्माण गर्दा भूकम्प प्रतिरोधी हुनुका साथै घरको आधिकारिकता हुने गर्दछ ।

नाक्सा पास गरेर घर निर्माण कार्य ठुलिभेरी नगरपालिकाले सुरु गरेसँगै राजस्व दर समेत बढने भएको छ । पहिलो नक्सा पास गर्ने ठुलिभेरी नगरपालिका ३ की सत्य कठायत  (दीर्घ रोकाय) लाई नगरप्रमुख सुबर्ण कुमार बुढाले प्रमाणपत्र उपलब्ध गराएको उनको सचिवालयले जानकारी दिएको छ ।





error: Content is protected !!