जाजरकोट माओवादीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जाजकोट , ९ फागुन ः जाजरकोटको समग्र विकास निर्माणको कुरालाई उठान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा (माओवादी केन्द्र) जाजरकोटले उक्त ज्ञापन पत्र बुझाएको केन्द्रीय सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । जिल्लामा रोकिएका कामहरु देखि नयाँ गर्न सकिने कामहरुको विषयमा केन्द्रीत भई ज्ञापन पत्र बुझाएको उहाँले बताउनुभयो ।
भूकम्प पछिको पून निर्माणलाई छिटो ,छरितो ढंगबाट लिनुपर्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग भित्र भएको ढिला सुस्तीलाई तत्काल हल गर्नुपर्ने , लुम्बिनी रारा राजमार्गको कामलाई गती दिनुका साथै सुरुङ मार्गको कामलाई तिब्रता दिनुपर्ने , नलगाड जलविद्युत आयोजनाको कामलाई यसै वर्ष टेन्डरमा लिनुपर्ने लगाएका मुद्धाहरु उठाएर ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै नलगाड नगरपालिकाले छुट्टै ज्ञापन पत्र बुझाएको छ । भूकम्प पीडितलाई प्रति घर १० भन्दा माथी दिएर मात्र पूर्ण निर्माणको काम गर्न माग गरिएको नगरप्रमुख डम्बर रावतले बताउनुभयो । अलपत्र परेका ठेक्काको काम समेत छिटो छरितो हुनुपर्ने लगाएका मागहरु समेत समेटिएका छन् ।










