कर्णालीमा कांग्रेस सत्ताबाट बाहिरिने संकेत ः बाहिरिने विषयमा छलफल छिटै चल्ने कांग्रेसका मन्त्रीहरुको भनाई

सुर्खेत ः कम्जोर शासन प्रर्णाली रहेको आरोप लागिरहेको कर्णालीमा कांग्रेसले सरकारलाई दिएका समर्थन फिर्ता लिने संकेट गरेको छ । आज पूर्वमुख्त्री तथा कांग्रेसको तर्फबाट संसदीय दलका नेता जीवनबहादुर शाहीले स्टाटस लेखेर त्यही संकेत गरेका छन् ।
उनको यो स्टाटसबारे सरकारका एक मन्त्रीलाई जिज्ञासा राख्दा उनले अब टोलि बाहिरिन्छ होला भन्दै प्रतिक्रिया दिएका छन् । कहिले बाहिरिन्छ भन्ने प्रश्नमा उनले सल्लाह होला भनेर जवाफ दिएका छन् । सत्तासाझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता शाहीले ‘अराजकताको अवस्था’ भनेका छन्।
उनले ह्याण्डल गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारमा सामेल कांग्रेसका मन्त्रीलाई फिर्ता हुने तयारीमा बस्न समेत भनेका छन्।
‘यो अराजकता को अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरहनु उपयुक्त हो ।सोही बमोजिम कांग्रेसबाट सहभागी मन्त्रीहरूले व्यवस्थापन गर्दा राम्रो होला ।’ नेता शाहीले लेखेका छन्।
यस्तै, कांग्रेस सांसद घनश्याम भण्डारीले पनि गत मंगलबार प्रकाशित एक साप्ताहिक पत्रिकामार्फत कर्णाली सरकार आफैंले अराजकता सिर्जना गरिरहेको बारे टिप्पणी गरेका थिए। माओवादी र कांग्रेसको उच्च स्तरिय छलफलमा समेत मुख्यमन्त्री बदल्न विषयमा मोटामोटी छलफल भइसकेको स्रोतले बताएको छ । मुख्यमन्त्री राजकुमार शर्मा निकटका केन्द्रीय स्तरिय नेताले समेत शर्मालाई रुचाउन छाडेको स्रोतको दाबी रहेको छ ।










