चिसोबाट अझै ९ दिन जोगिनुहोस् ?

मौसमवीद्हरूले डिसेम्बर,जनवरी, फेब्रुवरी महिना चिसो हुने र त्यसमा पनि जनवरी महिना सबैभन्दा बढी चिसो हुने जनाएका छन्। जनवरी महिना सकिन अझै ९ दिन बाँकी छ। त्यसैले अझै ९ दिन चिसोबाट जोगिन मौसमवीद्हरूले सुझाव दिएका छन्।
मौसमविद् प्रतिभा मानन्धरले फेब्रुवरीको पहिलो हप्ताबाट चिसो बिस्तारै घट्दै जाने बताइन। ‘तर जनवरी सबैभन्दा चिसो हुने महिना हो’ उनले भनिन। उनका अनुसार यस वर्ष काठमाडौँमा पोहर सालको तुलनामा एक डिग्री बढी न्यानो छ। पोहर साल काठमाडौँमा न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री थियो। यस वर्ष अहिलेसम्म काठमाडौँको मौसम २ दशमलव ५ पुगेको छैन।
आइतबार र शनिबार बिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ पुगेको थियो। शनिबार काठमाडौँमा अधिकतम तापक्रम १८ पुगेको थियो। मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिन अनुसार बिहीबार र शुक्रबारको तुलनामा शनिबार र आइतबार काठमाडौँमा न्यूनतम तापक्रम बढेको छ। यसबाट शुक्रबारको तुलनामा शनिबार र आइतबार चिसो बढेको पाइएको छ।
बुलेटिन अनुसार शनिबार र आइतबार देशभर सबैभन्दा चिसो जुम्लामा पाइएको छ। जुम्लामा आइतबार बिहान माइनस ६ डिग्री जाडो पुगेको थियो। जुम्ला पछि सबैभन्दा चिसो जोमसोममा बढेको पाइएको छ।
मौसमविद्का अनुसार चिसोयाममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण ९२।५ पिएम० जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, जसले मानव जीवनमा घातक असर पार्न सक्छन्। तर गर्मीयाममा हावाको बहाव बढी हुने भएकाले धुलोका त्यस्ता कण जमिनको सतहबाट निकै माथि उड्छन्। चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने भएकाले यसबाट जोगिनुपर्ने वातावरणविद् बताउँछन्।








